महासंघमा पत्रकार पौडेललाई अन्तिम श्रद्धाञ्जली अर्पण
पाेखरा | माघ ३, २०७९
PHOTO: SUDARSHAN SHRESTHA
पोखराः जहाज दुर्घटनामा परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पोखरा महानगरपालिका ११ का स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखराका मेयर धनराज आचार्य लगायत सयौं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीपश्चात् पौडेलको अन्त्योष्टी रामघाटमा गरिनेछ ।
पोखरा हटलाइन दैनिकका सम्पादकसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत थिए ।
गत आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना हुँदा चालकदलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

